वैदेशिक राेजगारीमा ब्रुनाई, क्राेएशिया पठाइदिने भन्दै ७ लाख ५० हजार ठगी गर्ने २ जना पक्राउ

 असोज ८, २०८१ मंगलबार १५:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै सात लाख ५० हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका घर भई काठमाण्डौको कोटेश्वर बस्ने २९ वर्षीय प्रज्ञान उप्रेती र मकवानपुरको थाहा नगरपालिका घर भई काठमाण्डौको कलङ्की बस्ने ३२ वर्षीय विश्वराज रुम्बा रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उप्रेतीले एक जनाबाट पाँच लाख र रुम्बाले एक जनाबाट दुई लाख ५० हजार रुपैयाँ ठगी गरेका कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी ब्रुनाई र क्रोएशियालगायतका देशहरूमा लैजाने भन्दै पैसा उठाएर सम्पर्कविहीन भएका थिए ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया