उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई हिजैदेखि विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित मध्यमदेखि ठूलो वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै पश्चिम नवलपरासीको देउराली नवलमा ८२ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रुपन्देहीको तिलोतमामा ५७ दशमलव ६ , पाल्पा अर्चलेमा ४९, मकवानपुरको मकवानपुरगढीमा ४१ दशमलव ६ २ मिलिमिटर वर्षा मापन भएको छ ।
आजदेखि मनसुनी वायुको प्रभाव अझ बढ्ने महाशाखाले जनाएको छ । सबैभन्दा बढी मनसुनी प्रभाव गण्डकी प्रदेशदेखि सुदूरपश्चिमसम्मका जिल्लामा पर्नेछ । ती क्षेत्रका २७ जिल्लामा भोलिदेखि धेरै वर्षा हुन सक्ने भन्दै उच्च जोखिमको सूचीमा राखिएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दी उच्च जोखिमको ‘रेड जोन’मा परेका छन् । यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।
कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्ला पनि उच्च जोखिममा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।