चीनले दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्‍याे

 असोज ९, २०८१ बुधबार १५:१८:३१ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

चीनले दशकौंपछि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण गरेको छ । चीनले प्रशान्त महासागरमा ‘डमी वारहेड’ बोकेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको बताएको बीबीसीले जनाएको छ ।

चीनले यसलाई नियमित परीक्षण भनेको छ । विश्लेषकहरूले भने चीनले पछिल्लो पटक सन् १९८० मा यस्तो परीक्षण गरेको र यसलाई नियमित भनेर वर्णन गर्नु अचम्मको कुरा भएको बताएका खबरमा उल्लेख छ । चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ ।

चीनको सरकारी मिडियाका अनुसार बेइजिङले अन्तरदेशीय ब्यालेस्टिक मिसाइलको परीक्षणको बारेमा नजिकका देशहरूलाई पहिलो नै जानकारी गराएको थियो ।

अमेरिकी रक्षा विश्लेषक जोन रिजले अमेरिकालाई आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया