मंगलग्रहमा पुग्यो नासाको अन्तरिक्षयान, पत्ता लाग्न सक्छ अर्बाैँ वर्ष पहिलेको रहस्य ?

 मंसिर ११, २०७५ मंगलबार ७:२७:५८ | एजेन्सी
unn.prixa.net

मंगलग्रहको अध्ययनका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान ‘इन्साइट ल्याण्डर’ मंगलग्रहमा सफल अवतरण भएको छ । अन्तरिक्षयानले मंगल ग्रहको जमिन र आन्तरिक भागबारे अध्ययन गर्नेछ । 

यो यानले मंगल ग्रहको अवस्थाबारे जानकारीसँगै त्यहाँको तस्बिर पठाउने वैज्ञानिकले बताएका छन् । यो यानको सहयोगले वर्षौं पुरानो तथ्य तथा जानकारी मिल्ने अनुमान गरिएको छ । 

मंगल ग्रहमा पठाइएको यो यान अवतरण हुनका लागि सात मिनेटको समय लगाएको थियो । यही अवधिमा यसले पृथ्वीमा त्यहाँकोबारे सन्देश पठाइरहेको थियो ।  

यो यान एलिसिया प्लानिसियन नामको मैदानमा सफल अवतरण भएको थियो । जुन मंगलग्रहको भूमध्यरेखा नजिक पर्छ । वैज्ञानिकहरु त्यहाँ वरपरका जानकारी र तस्बिरका लागि पर्खिरहेका छन् । यसबारे केही समयपछि सबै जानकारी आउने सम्भावना रहेको वैज्ञानिकहरुले जानकारी दिएका छन् । 

के हो ‘इन्साइट ल्याण्डर’ ?

इन्साइट मंगलग्रहको बारेमा यस्तो जानकारी दिनसक्छ जुन अरबौँ वर्षदेखि थाहा छैन । आफ्नो अभियानको समयमा यो यानले मंगलग्रहमा एउटा साइज्मोमिटर राख्छ । यसले मंगल ग्रहमा हुने हलचलको बारेमा रेकर्ड गर्न सक्छ । 

यो पहिलो यान हो, जसले मंगलग्रहको बारेमा रहस्यमय जानकारी जुटाउन सक्छ । साथै एक जर्मन उपकरणले पनि मंगलग्रहको जमिनको पाँच मिटर तलसम्म गएर यहाँको तापमान पत्ता लगाउन सक्छ । ग्रहको यो तापमानबाट मंगल ग्रह अहिले कत्तिको सक्रिय छ भन्ने पत्ता लगाउन सकिन्छ । 

यसको अर्को प्रयोगमा रेडियो ट्रान्समिसनको प्रयोग गरिन्छ जसबाट यो ग्रह कसरी घुम्छ भन्ने पत्ता लगाउन सकिन्छ ।

यो अभियानमा लागेका वैज्ञानिक सुजेन स्म्रेकर भन्छन् ‘एउटा नयसिनेको अण्डा र एउटा उसिनेको अण्डालाई घुमाउँदा फरक–फरक तरिकाले घुम्छ किनकी एउटामा तरल र अर्कोमा ठोस पदार्थ हुन्छ । हामीलाई थाहा छैन मंगल ग्रहको भित्र ठोस छ या तरल । साथै यसको भित्री भाग कति ठूलो छ भन्ने पनि थाहा छैन । इन्साइटले हमीलाई यही कुराको जानकारी दिन्छ ।’  
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया