पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर – ‘वन बेल्ट वन रोड’ कतार शिखर सम्मेलनका लागि आइतबार कतार जानुभएका प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले सम्मेलनमा सम्बोधन गर्नुभएको छ ।
सोमबार सम्मेलनमा सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले यो सम्मेलनबाट अन्तर्राष्ट्रिय सहयोग आदान प्रदान प्रवर्द्धन हुने विचार व्यक्त गर्नुभयो । विश्वको अर्थ व्यवस्था धेरै नै फराकिलो भएको भन्दै मुख्यमन्त्री पौडेलले अर्थव्यवस्थाको क्षमता वृद्धिदर माथि उठाउन जरुरी रहेको बताउनुभयो ।
वर्तमान समयमा क्षमता तथा आर्थिक वृद्धिदर सबै देशमा एकरुपमा नभए पनि एकै स्तरबाट वृद्धिदर माथि उकास्न सबै देशले हातेमालो गर्नुपर्ने पनि मुख्यमन्त्री पौडेलले बताउनुभयो । ‘गरिबी उन्मूलन विश्वको सबैभन्दा महान् चुनौती रहको छ’ उहाँले भन्नुभयो ‘अझै पनि लाखौं मानिसहरू शिक्षा, स्वास्थ्य, खानेपानी, लैङ्गिक समानता र जलवायु परिवर्तन निवारण सेवाको पहुँचभन्दा बाहिर छन् ।’
नेपालमा संविधान सभापछि देश संघीय संरचनामा गएर अर्को उपलब्धि हासिल गरेको पनि उहाँले जानकारी गराउनुभयाे । राजनीतिक अस्थिरता भोग्दै आएको नेपालले अहिले राजनितिक स्थिरता पाएर थप मजबुत हुने स्थितिमा पुगेको पनि उहाँले दाबी गर्नुभयाे । नेपालमा ४ वर्ष अगाडि गएको भूकम्प र त्यसपछिको नाकाबन्दिपछि फेरि आर्थिक विकासले गति लिन थालेको उहाँले जानकारी गराउनुभयो ।
चीनको ‘वन बेल्ट वन रोड’ को विकास लक्ष्य योजनाको प्रशंसा गर्दै उहाँले चीनसंग सिधा सम्पर्क भए नेपालले थप आर्थिक विकासको ढोका खोल्ने बताउनुभयो । विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारीहरू, वक्ताहरुरू, विशेषज्ञहरूले कार्यक्रममा सहभागी छन् । मुख्यमन्त्री पौडेलेको टोली १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।