कांग्रेसले बाढी पीडितका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

 असोज १३, २०८१ आइतबार १५:११:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारूढ दल नेपाली कांग्रेसले बाढी पीडितका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवम् उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो । उहाँले ५० लाख रुपैयाँ सहयोग गर्न कांग्रेस सांसदहरूले १५ दिनको तलब उपलब्ध गराउने पनि निर्णय भएको बताउनुभयो ।

प्रवक्ता महतले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी तीव्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया