हवाई भाडा नियन्त्रण गर्न सरकारलाई समितिकाे निर्देशन

 असोज १३, २०८१ आइतबार १७:२९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – हवाई सेवा कम्पनीहरूले बढाएको भाडा नियन्त्रण गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले सडक अवरुद्ध भएको र अर्कोतिर चाडबाडको समयमा काठमाण्डाैलगायतका ठूला शहरबाट घर जानेहरूको चाप बढ्ने भएकाले हवाई भाडा बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।

देश अप्ठ्यारोमा परेको बेलामा सबैले सहयोग गर्नुपर्नेमा उल्टै भाडा बढाउने र टिकटको सङ्कट देखाउने काम भएकोले सरकारलाई निर्देशन दिइएको उहाँले बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया