चीनमा सबैभन्दा बाक्लो हिमनदी पत्ता लाग्यो

 असोज १५, २०८१ मंगलबार ७:१६:८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

वैज्ञानिकहरूले एशियाको वाटर टावर भनेर चिनिने चीनमा रहेको छिङहाइ–जिजाङ पठारमा सबैभन्दा बाक्लो हिमनदी पत्ता लगाएका छन् ।

चाइनिज एकेडेमी अफ साइन्सेस (सिएएस) का शोधकर्ताहरूका अनुसार झण्डै चार सय मिटरको अधिकतम नापिएको मोटाई भएको पुरोग काङ्गरी हिमनदी दक्षिणपश्चिम चीनको सिजाङ क्षेत्रमा पत्ता लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हिमनदीले पृथ्वीको जलवायु इतिहासको बारेमा महत्त्वपूर्ण जानकारी राख्ने वैज्ञानिकहरुको भनाइ छ ।

यसअघि वैज्ञानिकहरूले सात लाख वर्षभन्दा बढीको अवधिमा बनेको गुलिया हिमनदीबाट ३ सय ८ दशमलव ६  मिटरको बरफको कोर ड्रिल गरेका थिए । उनीहरुले पुरोग काङ्गरी हिमनदीमा पनि धेरै वर्ष अघिदेखि जमेको अनुमान गरेर थप अनुसन्धान गर्दैछन् । पछिल्लो समय विश्वभरका हिमनदीहरू पग्लिँदै गएर तिनीहरूभित्र समेटिएका ऐतिहासिक अभिलेखहरू पनि हराउने क्रम बढेको छ ।

त्यसैले ऐतिहासिक जानकारी पुनः प्राप्त गर्नका लागि बरफको कोर निकालेर हिमनदी संरक्षण गर्नु महत्त्वपूर्ण रहेको अनुसन्धानमा संलग्न वैज्ञानिकको भनाइ उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ । 
 

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया