बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति, २१ वटा जिल्ला बढी प्रभावित

खाेज, उद्धारकाे काम २ दिनभित्र पूरा गरिन्छ : प्रधानमन्त्री ओली

 असोज १५, २०८१ मंगलबार १७:५९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुरकाे नख्खु चाेभार क्षेत्र

काठमाण्डाै – असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद्को प्रारम्भिक क्षतिको जानकारी दिनुभएको हो । उहाँका अनुसार विपद्का कारण अहिलेसम्म २ सय २४ जनाको ज्यान गएको, २४ जना बेपत्ता र १ सय ५८ जना घाइते भएका तथा उच्च जोखिममा रहेका ४ हजार ३ उय ३१ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

यस्तै बाढी पहिरोबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाण्डौ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ वटा जिल्ला बढी प्रभावित भएका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विपद्बाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण शुरू भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र पूरा गरिने बताउनुभयो । उहाँले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताउनुभयो ।

क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, बिजुलीका पूर्वाधार मर्मत तथा यथाशीघ्र सेवा सञ्चालनका लागि प्रक्रिया शुरू गरिएको प्रधानमन्त्री ओलीकाे भनाइ छ ।

अन्तिम अपडेट: असोज १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया