वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ५ लाख ४० हजार ठगी गर्ने दम्पती पक्राउ

 असोज १७, २०८१ बिहीबार १५:२३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – वैदेशिक रोजगारीमा बुल्गेरिया पठाइदिने भन्दै ठगी गर्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाण्डौको बसुन्धरा बस्ने ४१ वर्षीय टंकप्रसाद सुवेदी र उनकी श्रीमती ४४ वर्षीया निता रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले बुल्गेरिया पठाइदिने भन्दै तीन जनाबाट पाँच लाख ४० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए । सुवेदी दम्पतीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाउने भन्दै ठगी गरेका थिए ।

उनीहरूलाई बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया