बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र सञ्चालन गर्ने सरकारको दाबी

 असोज १८, २०८१ शुक्रबार १५:५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अबको तीन दिनभित्र बीपी राजमार्गबाहेक देशका अरु सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने दाबी गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले गएको असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बाढीपहिरोले क्षतिग्रस्त बनाएका बीपीबाहेक अरु सबै राजमार्ग आउँदो सोमवारभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । बीपी राजमार्ग पूर्णरुपमा सञ्चालन गर्न भने समय लाग्ने उहाँको भनाइ छ ।

सचिव शर्माका अनुसार बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८ सय ५ ठाउँमा पहिरो गएकोमा ७ सय ७४ वटा पहिरो हटाइएको जानकारी दिनुभयो । अझै पाँचवटा राजमार्गका २१ ठाउँमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास भइरहेको उहाँको भनाइ छ ।

कान्ति राजपथ भोलिदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना रहेको सचिव शर्माले बताउनुभयो । यस्तै अरनिको राजमार्ग पनि तीन दिनभित्र सञ्चालनमा ल्याउन काम भइरहेको उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया