पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–९ पशुपतिनगरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा–१५ का ३० बर्षीय चुम्फु सिन्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयाे । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ६१६४ नम्बरको ट्रकले त्यसै दिशाबाट आइरहेको ना ४८ प ७४९७ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते सिन्तानको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि हेटौँडा–४ कर्रामा सोमबार राति भएको सवारी दुर्घटनामा मुगु खट्टार गाउँपालिकाका १९ बर्षीय सुरेन्द्र परियारको मृत्यु भएको छ । मृतक परियार हेटौँडाका टोलटोमा पुगेर ज्याकेट बेच्ने गरेको जनाइएको छ ।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ख ४८४६ नम्बरको इन्धन बोक्ने ट्यांकरले सडकमा हिँडिरहेका उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते उनको उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुवै घटनाका चालक र सवारी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।