हेटौँडाबाट आठ किलोभन्दा धेरै सुनसहित दुई जना भारतीय नागरिक पक्राउ

 असोज १९, २०८१ शनिबार १२:४५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मकवानपुरको हेटौँडाबाट आठ किलोभन्दा धेरै सुनसहित दुई जना पक्राउ परेका छन् । पूर्व–पश्चिम सडक खण्डहेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टबाट आज बिहान सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन् ।

बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा भारत महाराष्ट्र राज्य सांगली जिल्लाका स्कुटर चालक २५ वर्षिय अभिषेक अजिनाथ कुटी र स्कुटरको पछाडि रहेका २७ वर्षिय राहुल भिट्टिहाललाई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

उहाँले उनीहरुले शरीर तथा स्कुटर खानतलासी गर्दा भन्सार छलिको सुन ल्याएको पाइएको बताउनुभयो । बजार भाउअनुसार बरामद सुनको भाउ ११ करोड ४३ लाख रुपैयाँ भन्दा धेरै पर्ने उहाँले बताउनुभयो ।

सुनसहित अजिनाथ कुटी र राहुल भिट्टिहाललाई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया