सरकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुशी

 असोज २०, २०८१ आइतबार १३:०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चाडपर्व शुरू भएका बेला सरकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान खुशी भएका छन् । सरकारबाट अनुदान पाउने कुनै आशा–भरोसा नभएका बेला रकम पाएपछि आफूहरू खुशी भएको बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान रामविनोद महतोले बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ मा गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् । उद्योगलाई गएको वर्ष उखु बेचेका १४ हजार चार सय ४४ जना किसानका खातामा उनीहरूले बुझाएको उखुको परिमाणअनुसार प्रतिक्विण्टल ७० रुपैयाँका दरले अनुदान रकम दिइएको छ । सबै किसानले गरेर २० करोड ३३ लाख १५ हजार ८ सय ११ रुपैयाँ पाएका छन् ।

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया