सरकारले थप ५७ वटा हिमालमा आरोहणका लागि खुलायो

 असोज २२, २०८१ मंगलबार १८:१७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले थप ५७ वटा हिमालमा आरोहणका लागि खुला गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमालमा आरोहणका लागि खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

योसहित नेपालमा आरोहणका लागि खुला गरिएका हिमालको सङ्ख्या चार सय ७६ वटा पुगेको छ । पर्यटन विभागले गएको असारमा गरेको सिफारिशअनुसार मन्त्रिपरिषद् बैठकले थप ५७ वटा हिमाल आरोहण खुला गरेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।

खुला गरिएका हिमालमा पाँच हजार आठ सय ७० मिटरदेखि ६ हजार आठ सय ६८ मिटर उचाइसम्मका छन् ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया