सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने

 असोज २२, २०८१ मंगलबार १८:२६:५५ | रासस
unn.prixa.net

तस्वीर : रासस

सिन्धुपाल्चाेक – सरकारले भारतबाट २० वटा 'बेलिब्रिज' ल्याउने तयारी गरेको छ । भर्खरैकाे बाढी पहिरोबाट क्षतिग्रस्त पुलहरूमा वैकल्पिक व्यवस्था गर्न सरकारले भारतबाट बेलिब्रिज ल्याउने तयारी गरेको हो ।

बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न सिन्धुपाल्चोक पुग्नुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो जानकारी दिनुभएको हो । उहाँले तातोपानीमा चाँडो बेलिब्रिज ल्याउने तयारी भइरहेको बताउनुभयो ।

सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन जना मन्त्री आज सदरमुकाम चौतारा पुग्नुभएको थियो । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधारमन्त्री दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्‍याएको क्षतिबारे छलफल भएको थियो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया