काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : नेपाल किर्गिस्तानसँग अन्तिम सेटमा पराजित

 असोज २५, २०८१ शुक्रबार ७:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको सुगाथादासा रङ्गशालामा हिजो बेलुका भएको आफ्नो चौथो खेलमा नेपाल किर्गिस्तानसँग २–३ को सेटमा पराजित भयो ।

किर्गिस्तानले पहिलो सेट २५–२३ र दोश्रो सेट २५–२१ ले जितेको थियो । तेश्रो र चौथो सेटमा नेपालले पुनरागमन गर्दै २५–२१ र २५–२२ ले जित्यो । खेलको पाँचौ तथा अन्तिम सेटमा किर्गिस्तानले १९–१७ ले जित्यो ।

यसअघि पहिलो खेलमा नेपालले श्रीलङ्का र तेश्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग पराजित भएको थियो । अब नेपालले पाँचौं तथा लिग चरणको अन्तिम खेलमा आज तुर्कमेनिस्तानसँग खेल्नेछ ।

नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच भोलि शनिवार फाइनल हुनेछ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया