नयाँ प्रविधिबाट अर्घाखाँचीकाे सुपा देउरालीमा सडक विस्तार

 असोज २५, २०८१ शुक्रबार १६:१६:५८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – विशेष शक्तिपीठको रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाइ लक्षित गरी नयाँ प्रविधिबाट सडक विस्तार भएको छ । सुपा देउराली मन्दिरमा पुगेका जो कहिले चट्टानी भीरमा रहेको साघुरो डरलाग्दो सडक सम्झन्थे । त्यही चट्टानी डर लाग्दो भवरमा रहेको साघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकहरुलाइ सहजता भएको छ ।

गोरुसिङ्गे सन्धिखर्क सडकको सुपा देउराली खण्डमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि रक एन्चोर्ज प्रयोग गरेर ड्रिल गरेर आरसीसी ढलान गरे सडक  विस्तार गरिएको शिवपुर सडक डिभिजन कार्यालय कपिलबस्तुका इन्जिनियर अर्जुन पाण्डेले बताउनु भयो ।

लाहुरे बजार देखि सुपा मन्दिर सम्मको पहिलेको सडकको चौडाइ मुस्किलले साढे ४ मिटर    हुँदा यातायात आवगमनमा निकै कठिनाइ रहेको थियो इन्जिनीयर पाण्डेले भन्नुभयो ।सडक डिभिजन शिवपुर, कपिलवस्तुबाट  रक एन्चोर्जसहित वाल निर्माणको काम सम्पन्न भएको हो । गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको दूरी ६८ किलो मिटर छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको सिमानामा रहेको नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ ।

मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलबस्तु, दाङ्ग, प्युठान, गुल्मी,रुपन्देहीबाट धेरै मात्रामा पर्यटक आउने गर्छन  । त्यस्तै भारतको उत्तर प्रदेश, बिहारबाट समेत  धार्मिक पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेको सनिधखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताउनु भयो ।

सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै, एशियाकै सबैभन्दा ठुलो भगवती देवीको मुर्ती रहेको अर्घा भगवती मन्दिर र अर्घा दरवार क्षेत्रमा लैजाने कार्य योजना नगरपालिकाले बनाएर काम अगाडी बढाएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो ।

उहाँले सुपा देउरालीमा आएका भक्तजनको लागि लक्षित गरेर भौतिक संरचना निर्माणका कार्यहरु पनि भइरहेको जानकारी दिनु भयो । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ ।

कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । त्यसैले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाइन्छ । 

अन्तिम अपडेट: असोज २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया