असार र साउनमा मात्रै ६ करोड रुपैयाँभन्दा धेरैको तास आयात

 असोज २६, २०८१ शनिबार १२:२२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालू आर्थिक वर्षको दुई महिनामा छ करोड रुपैयाँभन्दा धेरैको तास आयात भएको छ ।  भन्सार विभागका अनुसार साउन र भदौमा गरेर छ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भएको हो ।

सरकारले जुवा तासलाई गैरकानुनी क्रियाकलाप मानेर कारबाही गरे पनि तास आयात भने खुला गरेको छ । दशैँ र तिहारलाई लक्षित गरेर साउन र भदौमा तास आयात वर्षेनि बढ्ने गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार यो वर्षको साउन र भदौमा २० लाख सात हजार आठ सय ९२ बुक तास आयात भएका छन् । गएको अघिल्लो वर्ष २०८०÷८१ मा ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको तास आयात भएको थियो ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया