गुल्मीको बिचित्र गुफा पर्यटकको आकर्षक गन्तव्य बन्दै

 असोज २६, २०८१ शनिबार १५:३६:४९ | रासस
unn.prixa.net

तस्बिर : रासस

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको बिचित्र गुफा आन्तरिक एवम् बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको बिचित्र गुफा साँच्चिकै बिचित्रको छ ।

२०४५ सालमा बारीमा मकै खान गएको बादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक बिचित्रको गुफा पत्ता लगाउनुभएको थियो । विगत लामो सयमदेखि बिचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरुमात्र पुग्ने गरेकोमा पछिल्लो समय बाह्य पर्यटकसमेत पुग्न थालेका छन् ।

फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न आएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो । एक सय ८५ मिटर लम्बाइ र तीन सय ५० मिटर चौडा क्षेत्रफलमा गुफा फैलिएको छ । मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ ।

गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरुमा देखिने विभिन्न आकृतिहरुले एक पटक हरेक नागरिकको ध्यान तान्ने गर्छ । बिचित्र गुफा सदरमुकाम तम्घासबाट १८ किलोमटर पश्चिममा रहेको छ । गुफासम्म जाने सडक निर्माण भइसेकेको छ ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया