चितवनको सौराहामा टीका र जमरा थाप्दै बाह्य पर्यटक

 असोज २६, २०८१ शनिबार १५:५०:४३ | रासस
unn.prixa.net

तस्बिर : रासस

चितवन – चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरुले दशैँ मनाएका छन् । नेपालीहरुको महान चाड बडादशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै बाह्य पर्यटकहरुले सौराहाका विभिन्न होटलमा टीका र जमरा थाप्दै दशैँ मनाएका हुन् ।

सौराहाको सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरुलाई टीका र जमरा लगाइदिनुभयो । साथै उहाँले पर्यटकको सेवाका लागि दशैँका दिन पनि होटल खुला राखेको बताउनुभयो ।

पालैपालो टीका र जमरा लगाउँदा बाह्य पर्यटकहरु दङ्ग भएका छन् । फ्रान्स, जर्मन र नेदरल्याण्डका गरी २६ जनाले यहाँ दशैँको टीका र जमरा लगाएका हुन् । मोटरसाइकलमा नेपालका विभिन्न ठाउँमा घुम्दै बाह्य पर्यटक दुई दिनअघि मात्र यहाँ आएका थिए ।

नेदरल्याण्डस्देखि सौराहा घुम्न आउनुभएका ३६ वर्षीय पर्यटक जोनी राइट यस पटक टीका र जमरासँगै नेपालीहरुको पर्व दशैँ मनाउन पाउँदा  खुशी देखिनु हुन्थ्यो । अर्की बाह्य पर्यटक २४ वर्षीया एरिका पनि निकै हर्षित देखिनुभयो । ‘विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछुु । ’, उहाँले भन्नुभयो । 

चितवनको सौराहामा यतिबेला पर्यटकीय याम शुरू भइसकेको छ । यहाँ आउने बाह्य पर्यटकलाई हरेक होटलले दशैँ मनाउने परम्परा बनाएका छन् । पछिल्लो दुई दिनयता यहाँ तेस्रो मुलुकका झण्डै ३५ प्रतिशत पर्यटक सौराहा घुम्न आएका क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले भन्नुभयो ।

पर्यटकलाई यहाँका वन्यजन्तुले मात्र तान्दैन, दशैँ , तिहारलगायत चाडवाडले पनि आकर्षित गर्ने गरेको छ ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया