अर्थशास्त्रतर्फको नोबेल पुरस्कार : तीन जना अमेरिकी अर्थशास्त्रीले प्राप्त गर्ने

 असोज २८, २०८१ सोमबार १६:४१:७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्रीले संयुक्त रूपमा प्राप्त गर्ने भएका छन् । नोबेल पुरस्कार छनोट समितिले म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनको योगदानलाई सम्मान गरेर उनीहरुलाई पुरस्कृत गर्न लागिएको पुुरस्कार छनोट समितिले जनाएको छ । योसँगै यो वर्षको नोबेल पुरस्कारका सबै विधाको टुङ्गो लागेको छ ।

यसवर्ष चिकित्साशास्त्रतर्फ भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनले, भौतिकशास्त्रतर्फ जोन जे हप्फील्ड र जेफ्री ई हिन्टनले, रसायनशास्त्रतर्फ डेभिड बेकर, डेमिस हसाबिस तथा जोन एम जम्परले, साहित्यतर्फ हान काङ र नोबेल शान्ति पुरस्कार जापानी संस्था ‘निदोन हिदान्क्यो’ संस्थाले पाउनेछन् ।

हरेक पुरस्कारको राशी १ करोड १० लाख स्वीडिस क्रोनर अर्थात् नौ लाख, ९० हजार अमेरिकी डलर बराबर रहेको छ । 
 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया