कैलालीको घोडाघोडी तालमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

 असोज २९, २०८१ मंगलबार ९:२४:१० | रासस
unn.prixa.net

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दशैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताउनुभयो ।

घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि  १० रुपैयाँ तिर्नुपर्छ  । टिकट काट्नका लागि पनि दशैँको दिन हम्मेहम्मे परेको भन्दै उहाँले पछिल्लो समय आन्तरिक पर्यटक सङ्ख्या दैनिक वृद्धि भइरहेको  बताउनुभयो ।

आन्तरिक पर्यटकको चहलपहल बढेसँगै घोडाघोडीका होटेल व्यवसाय पनि फस्टाएका छन् । घुम्न आउने पर्यटकले खाजाखादा व्यापार व्यवसायमा वृद्धि भएको होटेल व्यवसायी राजु अवस्थीले बताउनुभयो । घोडाघोडी तालसँगै जोडिएको ओजुवा तालले पनि पर्यटकलाई आकर्षित गरेको छ ।

दशैँमा लामो समयसम्म बिदा पनि हुने र अहिलेको मौसम पनि घुम्नका लागि उपयुक्त रहेकाले यो समयमा पर्यटक घोडाघोडीमा घुम्न आउने गरेको पर्यटन व्यवसायी डबल शाहले बताउनुभयो ।

यो ताल सन् २००३ मा विश्वरामसार सूचीमा सूचीकृत भएको थियो । जङ्गलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविकमार्गका रूपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताउनुभयो । 

 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया