आज कुन तरकारीको भाउ सस्तो ?

 असोज २९, २०८१ मंगलबार १०:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा चमसुरको साग,तोरीको साग, लोकल घिउ सिमी, घिरौला लगायतको भाउ हिजोभन्दा आज सस्तो भएको छ । आज चमसुरको सागको भाउ किलोमा १५० रुपैयाँले घटेर आज २२६ रुपैयाँमा झरेको छ ।

त्यस्तै तोरीको सागको भाउ पनि घटेको छ । आज तोरीको साग किलोमा ६० रुपैयाँले घटेर ८५ रुपैयाँमा झरेको छ । लोकल घिउ सिमीको भाउ पनि आज किलोमा ३३ रुपैयाँले घटेर किलोको ६२ रुपैयाँमा झरेको छ । घिरौलाको भाउ पनि आज घटेको छ । आज घिरौला किलोमा ३० रुपैयाँले घटेर किलोको ६५ रुपैयाँमा झरेको छ ।

तर अकबरे हरियो खुर्सानी, तराईको बन्दा , तने बोडी लगायतको भाउ केही बढेको छ । आज अकबरे हरियो खुर्सानीको भाउ किलोमा ५० रुपैयाँले बढेर २७६ रुपैयाँ पुगेको छ । त्यस्तै तराईको बन्दा पनि आज किलोमा २० रुपैयाँले बढेर ५५ रुपैयाँ पुगेको छ । आज तने बोडीको भाउ किलोमा १० रुपैयाँले बढेर ६५ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय बाढीपहिरोले कतिपय सडक अवरुद्ध हुँदा र दशैँका कारण तरकारी आपूर्ति नहुँदा काठमाण्डौ उपत्यकामा तरकारी महँगाे भएको थियो । अहिले धेरैजसो सडक सुचारु भएका र विभिन्न जिल्लाबाट आपूर्ति हुन थालेसँगै आज धेरैजसो तरकारी सस्तिएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया