सुनको भाउमा नयाँ कीर्तिमान : तोलाको १ लाख ६१ हजार आठ सय रुपैयाँ

 असोज ३०, २०८१ बुधबार १०:५८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ६१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

दशैँ बिदापछि कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलामा  १ लाख ६० हजार पाँच सय रुपैयाँमा रहेको थियो । यसअघि यही असोज १८ गते सुनको भाउ तोलामा १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय २५ रुपैयाँ रहेको थियो ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया