कात्तिकमा पनि घट्यो बैंकको ब्याजदर

 असोज ३०, २०८१ बुधबार ११:३४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको असोजमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६ दशमलव ३९ प्रतिशत रहेकोमा कात्तिकमा ६ दशमलव १८ प्रतिशतमा झरेको छ । सानिमा बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा सामान्य बढाएको छ ।

कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एशिया र हिमालयन बैंकले ब्याजदर सामान्य घटाएका छन् । ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु बैंकले भने स्थिर राखेका छन् ।

बैंक

 कात्तिकको लागि ब्याजदर 

असोजको लागि ब्याजदर 

एनएमबी

६.५

६.५

एनआइसी एशिया

६.९९

७.१८

सिटिजन्स बैंक

६.१५

हिमालयन बैंक

६.२५

माछापुच्छ्रे बैंक

६.५ 

६.५ 

नबिल बैंक

६.२५

६.७५

सिद्धार्थ बैंक

६.५

प्राइम कमर्सियल

७.२५

सानिमा बैंक

६.१५

५.९

कुमारी बैंक

६.०१

६.०१

प्रभु बैंक

६.१

६.१

लक्ष्मी सनराइज बैंक

६.५

ग्लोबल आइएमई बैंक

६.२५

६.२५

स्ट्यान्डर्ड चार्टर्ड बैंक

६.५

एभरेष्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक

 ६.५

६.५

नेपाल बैंक

५.९५

५.९५

राष्ट्रिय वाणिज्यबैंक

५.८

नेपाल एसबीआई बैंक

कृषि विकासबैंक

५.७५६

६.०७

 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया