गाडी दुर्घटना गराई फरार भएका चालक पक्राउ

 असोज ३०, २०८१ बुधबार १५:२१:३ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – गाडी दुर्घटना गराई फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटीभी क्यामेराको फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई अहिले कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ ।

विष्टको साथबाट बा ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो ।

यही असोज २६ गते बेलुकी काठमाण्डौ महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा गाडी दुर्घटना गराई सर्लाहीको कविलासी नगरपालिका–२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारेर काठमाण्डौ मेडिकल कलेज पुर्‍याई उनी फरार भएका प्रहरीले जनाएको छ । घाइते विनय रामको उपचारका क्रममा यही असोज २७ गते ज्यान गएको थियो ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया