रोजगारीका लागि अस्ट्रेलिया जानेले ५ सय डलरसम्म साट्न पाउने

 कात्तिक १, २०८१ बिहीबार ७:४८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया जानेले पनि युरोप अमेरिका र जापान जाने सरह नै राहदानी बापतको सटही सुविधा पाउने भएका छन् । अहिले जापान, दक्षिण कोरिया, युरोप, संयुक्त राज्य अमेरिका र क्यानडामा कामको लागि जानेले राहदानी बापत पाँच सय अमेरिकी डलर सटही सुविधा पाउँदै आएका छन् ।

यसबाहेकका अरू देशमा रोजगारीका लागि जानेले दुई सय डलरसम्म मात्रै सटही सुविधा पाउँछन् । अब अस्ट्रेलियामा रोजगारीमा जानेले पनि पाँच सय डलरसम्मको सटही सुविधा पाउने भएका हुन् । यस्तै अब विदेश जानेले राहदानी बापत विदेशी मुद्रा सटही गर्दा भ्रमणको उद्देश्य खुलाउनुपर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार व्यावसायिक वा औपचारिक भ्रमण, उपचार, स्थायी बसाइ (प्रथम पटक) अस्थायी रोजगार, शिक्षा, अध्ययन र अन्य व्यक्तिगत भ्रमणमध्ये के प्रयोजनका लागि जान लागेको हो, त्यसको विवरण खुलाउनुपर्ने हुन्छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया