लुक्लाको मौसम प्रतिकूल हुँदा १ हजार ३ सय जनाभन्दा धेरै पर्यटक मन्थलीमै रोकिए

 कात्तिक २, २०८१ शुक्रबार १८:१२:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

साेलुखुम्बु – सोलुखुम्बुको लुक्लामा मौसम खराब भएपछि एक हजार तीन सय जनाभन्दा धेरै पर्यटक रामेछापको मन्थलीमा रोकिएका छन् ।

लुक्ला हुँदै सगरमाथालगायतका क्षेत्रमा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै जाने गरेका छन् । लुक्ला जान मन्थली पुगेका पर्यटक लुक्लाको मौसम उडानयोग्य नभएपछि रोकिएका हुन् । मौसममा सुधार नआएपछि केही पर्यटक अन्यत्रैको गन्तव्यतर्फ लागेका छन् । केही पर्यटक सडकमार्गबाट सोलुखुम्बुतर्फ लागेका पर्यटन व्यवसायीले बताएका छन् ।

सोमवारदेखि लुक्लाको मौसम खराब हुँदा मन्थली–लुक्ला नियमित उडान हुन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण रामेछाप कार्यालयका सूचना अधिकारी प्रज्जवल गुरागाईंले जानकारी दिनुभयो । हिजो हेलिकप्टले २८ वटा उडानमार्फत एक सय ३५ जना पर्यटकलाई सोलुखुम्बुको फाप्लु तथा सुर्के पुर्‍याएका थिए । अझै एक हजार तीन सय जनाभन्दा बढी पर्यटक रोकिएका छन् ।

हवाई उडान प्रभावित हुँदा मन्थलीमा पर्यटक बढिरहेकाले होटलमा समेत कोठा पाउन मुश्किल भइसकेको छ । अहिले मन्थलीका होटलसँगै होमस्टे पनि पर्यटकले भरिभराउ भएको होटल तथा पर्यटक व्यवसायी सङ्घले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण रामेछापका कार्यलय प्रमुख हिरोण शाहले अनुकूल मौसम भएका समयमा मन्थली विमानस्थलबाट दैनिक ५५ वटासम्म उडान हुने गरेको बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया