सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित, ठाउँठाउँमा प्रदर्शन

 कात्तिक ३, २०८१ शनिबार १०:४४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला अधिवेशन तत्कालका लागि स्थगित गरेको छ । पार्टी सभापति रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले सूचना निकालेर अधिवेशन स्थगित गरेको जानकारी गराएको हो ।

गएको बिहीवारदेखि रास्वपाले जिल्ला भेला शुरू गरेको थियो । रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न र पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निकाल्नुभएको सूचनामा उल्लेख छ ।

यसैबीच सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा रास्वपाले पोखरा, काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अनधिकृतरूपमा गोर्खा मिडिया नेटवर्कमा ल्याएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरेपछि रवि शुक्रवार काठमाण्डाैबाट पक्राउ परेका हुन् । अहिले कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज सार्वजनिक बिदा रहेकोले भोलि मात्र अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया