भक्तपुरमा लागूऔषधसहित औषधि पसल सञ्चालक पक्राउ

 कात्तिक ६, २०८१ मंगलबार ९:१२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

भक्तपुर – भक्तपुरमा लागूऔषधसहित औषधि पसल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका मध्यपुर थिमि नगरपालिका–२ घर भई भक्तपुरको लोकन्थली बस्ने ३० वर्षीय रोहित सिंह रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

लोकन्थलीमा सिंहले सञ्चालन गरेको औषधि पसलमा लागूऔषध बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थिमिबाट टोली खटिएको थियो ।

यस्तै प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१५ घर भई ललितपुरको बालकुमारी बस्ने २२ वर्षीय बलिराम खड्कालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया