चीनबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने क्यानडाको घोषणा

 कात्तिक ७, २०८१ बुधबार ११:२३:५७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

क्यानडाले चीनबाट आयात हुने स्टील र आल्मुनियमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनले कारोबारमा अनुचित तरिका अपनाएको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री ट्रुडोले सस्तो स्टिल र आल्मुनियमका कारण अन्तर्राष्ट्रिय बजारमा चीनको ठूलो प्रभाव रहेको सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बताउनुभएको छ । उहाँले चीनको अनुचित कारोबारको तरिकाले क्यानडाका कामदारलाई ठूलो नोक्सान पुगेको उल्लेख गर्नुभयो । चीनबाट आयात हुने स्टील र आल्मुनियमा आजदेखि २५ प्रतिशत कर लाग्ने प्रधानमन्त्री ट्रुडोले बताउनुभएको छ ।

यसअघि अमेरिकाकी ट्रेजरी जेनेट येलेनले पनि गएको अप्रिल महिनाको शुरुआतमा आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ अधिकारीहरूसँगको कुराकानीमा विश्व बजारमा सस्तो चिनियाँ उत्पादनलाई लिएर चिन्ता व्यक्ति गर्नुभएको थियो ।

यस्तै गएको मे महिनामा चिनियाँ राष्ट्रपति सी जिनपिङको फ्रान्स भ्रमणका क्रममा युरोपियन कमिशनका अध्यक्ष उर्सुला वान डेर लेभेनले पनि यसबारेमा कुरा उठाउनुभएको थियो ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया