सय दिनमा लक्ष्यको ७० प्रतिशत प्रगति भएको प्रधानमन्त्री ओलीको दाबी (पूर्ण पाठसहित)

 कात्तिक ७, २०८१ बुधबार १६:१०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गर्नुभएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उहाँले सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै उहाँले ७० प्रतिशत प्रगति भएको दाबी गर्नुभएको हो । उहाँले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताउनुभयो ।

अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास पनि भइरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उहाँको भनाइ छ ।

सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उहाँले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी गर्नुभयो । उहाँले सरकार ढल्छ भन्ने आशा नगर्न विपक्षीलाई अनुरोध गर्नुभयो । उहाँले जुनसुकै कालखण्डको भए पनि भ्रष्टचारीमाथी कारबाही हुने बताउनुभयो ।

पूर्ण पाठ :

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया