काठमाण्डौ महानगरले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगायाे

 कात्तिक ८, २०८१ बिहीबार १५:१६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले प्लास्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ । नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी महानगरले प्लास्टिकका फूलगुच्छा र माला बिक्री/वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

महानगरले आज सूचना निकालेर प्लास्टिकको फूलगुच्छा र माला बिक्री/वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातलो झोलाको बिक्री/वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ ।

अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्री/वितरण वा प्रयोग भएको पाएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया