नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट डेढ महिनाभित्र पेट्रोल पनि आयात हुने

 कात्तिक ८, २०८१ बिहीबार १८:५:५० | रासस
unn.prixa.net

फाइल फाेटाे

पर्सा – नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट छिटै पेट्रोल पनि आयात हुने भएको छ । नेपाल आयल निगमले अबको डेढ महिनाभित्र पाइपलाइनबाट पेट्रोल पनि आयात हुने जानकारी दिएको छ ।

मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो परियोजनाअन्तर्गत नेपाल आयल निगमले गएको असोज १७ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल पाइपलाइनबाट पठाएर प्राविधिक परीक्षण गरिरहेको छ ।

निगम प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको पूर्वाधार निर्माण पूरा भएसँगै परीक्षणको काम भइरहेको जानकारी दिनुभएको छ । उहाँले अहिलेसम्म पाइपलाइनबाट डिजल मात्रै आयात भइरहेकोमा अब डेढ महिनाभित्रमा पेट्रोल पनि पाइपलाइनबाटै ल्याउने बताउनुभएको छ ।

पेट्रोल भण्डारणका लागि ४१ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्कीलगायत पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् । पाइपलाइनबाट पेट्रोल आयात हुन थालेपछि प्रतिलिटर तीन रुपैयाँका दरले ढुवानी भाडा बचत हुनेछ । अहिले पेट्रोल र मट्टीतेल भारतको बरौनीबाट ट्याङ्करमा ढुवानी हुँदै आएको छ । डिजेल भने २०७६ सालदेखि नै पाइप लाइनबाटै आयात भइरहेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनका लागि नेपाल आयल निगम र भारत आयल निगमले लागत साझेदारी गरेका छन् ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया