सत्तारूढ दलकाे संयुक्त वक्तव्य– ‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्नु अस्वीकार्य’

 कात्तिक ९, २०८१ शुक्रबार १८:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : प्रधानमन्त्रीकाे सचिवालय

काठमाण्डाै – सत्तारूढ सात दलले सडकबाट लाेकतान्त्रिक व्यवस्था र सरकारकाे विकल्प खाेज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएकाे छ ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज बसेकाे बैठकपछि ७ बुँदे संयुक्त वक्तव्य निकाल्दै लाेकतन्त्रकाे विकल्प अझ उन्नतस्तरकाे लाेकतन्त्र भएकाे तथा सरकारकाे विकल्प खाेज्ने बाटाे संसद् र नयाँ जनादेश नै भएकाे बताएकाे छ । याेभन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लाेकतन्त्रकाे मूल्य र मान्यता विपरीत हुने सत्तारूढ दलले निकालेकाे संयुक्त वक्तव्यमा उल्लेख छ ।

यस्तै सत्तारूढ दलहरूले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतामाथि बल पुर्‍याउने गतिविधि पनि उचित नहुने कुरा विज्ञप्तिमा जनाएका छन् ।

संयुक्त वक्तव्यमा प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाकी सहअध्यक्ष रेणु यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गर्नुभएकाे छ ।

बैठकपछि गृहमन्त्री रमेश लेखकले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारको सय दिन सफल भएको दाबी गर्नुभयो । उहाँले सत्ता साझेदार दलहरूबीच थप छलफल गरेर सरकारलाई अझ प्रभावकारी बनाउने सहमति भएको पनि जानकारी दिनुभयो ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया