सहकारी ठगीमा संलग्न अर्का एक जना पक्राउ

 कात्तिक ९, २०८१ शुक्रबार १८:९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न अर्का एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–८ का ४८ वर्षीय रामबहादुर खनाल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई आज पानीपोखरीबाट पक्राउ गरेको प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो ।

रास्वपा सभापति लामिछानेमाथि अनुसन्धान भइरहेका बेला खनाललाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन् ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया