लुम्बिनी प्रदेश सरकारले ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्ने

 कात्तिक १०, २०८१ शनिबार १२:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि यसबर्ष ‘घुम्न जाऊँ बर्दिया’ अभियान सञ्चालन गर्ने भएको छ ।

बर्दियाको प्रमुख आकर्षण बाघ हो । जङ्गल सफारी गरेर बाघलगायतका जङ्गली जनावर हेर्न सकिने बर्दियाको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज मानिन्छ ।

यस्तै बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन पनि पर्यटकका लागि थप आकर्षणको केन्द्र बन्ने गरेको छ । बर्दियामा कृष्णसार पनि देख्न सकिन्छ । कृष्णसार संरक्षण क्षेत्र बनाएर कृष्णसारको संरक्षणका लागि पहल हुँदै आएको छ ।

नीति तथा कार्यक्रममा समावेश भएको अभियानले बर्दियामा पर्यटकको सङ्ख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने लक्ष्य रहेको लुम्बिनीका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बताउनुभयो ।

यो अभियान आउँदो २९ गतेदेखि शुरु हुनेछ । बर्दियाको ठाकुरद्वारामा अभियानको सुरुवात गर्ने तयारी छ । एक वर्षे अभियानमा प्रदेश सरकारले बर्दियाका पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी दिने गरि प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया