पाकिस्तानसँगको टी–२० शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा, कप्तानको टुङ्गो लागेन

 कात्तिक १२, २०८१ सोमबार १८:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : आईसीसी

काठमाण्डाै – पाकिस्तानसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । पाकिस्तानसँगको घरेलु शृङ्खलाका लागि अस्ट्रेलियाको १३ सदस्यीय टोली घोषणा भएको हो ।

तीन जना तीव्र गतिका बलर जेभियर बार्टलेट, नाथन एलिस र स्पेन्सर जोनसन टोलीमा फर्किएका छन् । यस्तै ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एडम जम्पा र जोश इङ्गलिस टोलीमा फर्किएका छन् ।

यो टोलीमा टेस्ट टोलीका महत्त्वपूर्ण खेलाडीहरू परेका छैनन् । उनीहरूले आउँदो नोभेम्बरमा शुरू हुने भारतसँगको पाँच खेलको महत्त्वपूर्ण शृङ्खलाका तयारी गरिरहेका छन् ।

अस्ट्रेलियाले पाकिस्तानसँगको शृङ्खलाका लागि नयाँ कप्तान खोज्न बाँकी नै छ । अस्ट्रेलिया र पाकिस्तानबीचको टी–२० शृङ्खला आउँदो नोभेम्बर १४ देखि ब्रिसबेनमा शुरू हुनेछ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया