उपविजेता बनेको महिला फुटवल टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने

 कात्तिक १५, २०८१ बिहीबार १५:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले साफ महिला च्याम्पियनशिप २०२४ को उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ । टोलीका खेलाडीलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुका भएको फाइनलमा बङ्गलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । साफ महिला च्याम्पियनशिपमा नेपाल उपविजेता बनेको योसहित छैटौँ पटक हो ।

यस्तै मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई दुई लाख रुपैयाँ र व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने सदस्यसचिव घिसिङले बताउनुभयो ।

उपविजेता बनेको महिला फुटबल टोलीलाई काठमाण्डौ महानगरपालिकाले गएराति नै टोलीका हरेक खेलाडीलाई एक लाख र टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको छ । 
 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया