नेपालको पहिलो बैंक : नेपाल बैंक लिमिटेड आजदेखि ८८ औँ वर्षमा प्रवेश

 कात्तिक ३०, २०८१ शुक्रबार १०:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८८औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो । आफ्नै देशको नेपाली मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले खेलेको भूमिका स्मरणीय छ ।

नेपाल बैंकले आफ्नो स्थापनाकालदेखि राष्ट्र बैंक स्थापना हुनुपूर्व २०१२ सालसम्म देशको केन्द्रीय बैंकको रूपमा समेत काम गरी नेपालको बैंकिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यो बैंकबाट अहिले ७१ जिल्लामा शाखा विस्तार गरी कारोबार तथा बैकिङ्ग सेवा उपलब्ध छ ।

बैंकका दुई सय २९ शाखा, ६० एक्स्टेन्सन काउन्टरसहित २५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेको नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले बताउनुभयो । उहाँका अनुसार नेपाल बैंकका धेरैजसो कारोबार डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएका छन् ।
  
 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया