पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
मंसिर २, २०८१ आइतबार
काठमाण्डौ – विद्युत् विकास विभागले चालू आर्थिक वर्षको पहिलो चार महिनामा सातवटा जलविद्युत् आयोजनालाई निर्माणको अनुमति दिएको छ । ती अयोजनाको क्षमता ६९ दशमलव दुई मेगावाट रहेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।
यस्तै सौर्य ऊर्जातर्फ दुईवटा आयोजनालाई अनुमति दिएको छ । दुई वटाको कुल क्षमता ४० मेगावाट बराबर छ । यस्तै वायु ऊर्जातर्फ १० मेगावाट क्षमताको एउटा आयोजनालाई अनुमति दिएका महानिर्देशक सिंहले बताउनुभयो । यसरी गएको साउनदेखि कात्तिकसम्ममा एक सय १९ दमशलमव दुई मेगावाट क्षमताका १० वटा आयोजनाले निर्माणको अनुमति पाएका छन् ।
विभागले जलविद्युत् आयोजना, प्रसारण लाइनको अनुमति प्रदान गर्दै आएको छ । यही समयमा विभागले तीन सय ७० दशमलव पाँच मेगावाट क्षमता बराबरका कुल १४ वटा आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र जारी गरेको छ ।
यस्तै २२ वटा विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र, सातवटा विद्युत् प्रसारण लाइनको निर्माण अनुमतिपत्र प्रदान गरेको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।