उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाली समकक्षी हुन सेनबीच द्विपक्षीय हित र चासोका विषयमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका क्रममा हुन सेन बिहीबार काठमाडाैं आइपुग्नु भएको हो । प्रधानमन्त्री ओली र उहाँका समकक्षीबीच होटल द्वारिकाजमा बिहीबार साँझ झण्डै आधा घण्टा भेटवार्ता भएको थियो । एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय छलफलसमेत भएको थियो ।
छलफलमा सहभागी सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार दुई देशको सम्बन्ध आपसी हित र द्विपक्षीय चासो एवं नेपालको शान्ति प्रक्रिया, वर्तमान सरकारको प्राथमिकतालगायत विषयमा छलफल भएको थियो । यही अवसरमा प्रधानमन्त्री ओली र उहाँका कम्बोडियाली समकक्षीबीच दुई देशबीच पर्यटन प्रवर्द्धन, तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विविध क्षेत्रबारेमा महत्वपूर्ण विचार विमर्श भएको थियो ।
छलफलमा परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको सहभागिता थियो । नेपाल र कम्बोडियाबीच उच्च सरकारी तहमा भ्रमण आदानप्रदानलाई बढावा दिने तथा अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान धारणाका साथ अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो । कम्बोडियाका अधिकांश नागरिकले बौद्ध धर्म मान्ने भएकाले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा बुधबार भएको हवाई सम्झौताले महत्वपूर्ण अर्थ राख्ने विश्वास लिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।