लेबनानमा तेह्र महिनादेखिको आक्रमणबाट दुई सय २६ जना स्वास्थ्यकर्...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो चार महिनामा समग्र वैदेशिक व्यापारमा सामान्य सुधार आएको छ । यस अवधिमा ५ खर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म आयात शून्य दशमलव १७ प्रतिशतले बढेको छ ।
गएको आर्थिक वर्षको यही अवधिमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको थियो । यस अवधिमा नेपालबाट ५२ अर्ब ६७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।
यो गएको आर्थिक वर्षको यही अवधिको तुलनामा ४ दशमलव १६ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा समग्र वैदेशिक व्यापारमा सामान्य सुधार आएको छ । विभागका अनुसार चालु आवको पहिलो चार महिनासम्मको अवधिमा नेपालको व्यापार घाटा शून्य दशलव २६ प्रतिशतले घटेको छ भने नेपालको वैदेशिक व्यापार शून्य दशलव ५३ प्रतिशतले बढेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।