भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – लेबनानमा तेह्र महिनादेखि भइरहेको आक्रमणबाट दुई सय २६ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । गएको वर्ष अक्टोबर ७ तारिखमा गाजामा इजरायली आक्रमण शुरू भएयता लेबनानमा ज्यान गुमाउने स्वास्थ्यकर्मीको सङ्ख्या उच्च रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ ।
गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच तेह्र महिनाभन्दा लामो समयदेखि भइरहेको सीमापार गोलीबारीमा लेबनानमा स्वास्थ्य सेवामा एक सय ८७ वटा आक्रमणका घटना भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
प्राप्त तथ्याङअनुसार सन् २०२३ अक्टोबर ७ देखि यस वर्षको नोभेम्बर १८ तारिखसम्ममा दुई सय २६ स्वास्थ्यकर्मीको ज्यान गएको र एक सय ९९ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।
हालैका घटनापछि गम्भीर सङ्कटबाट गुज्रिरहेको लेबनानको समग्र स्वास्थ्य सेवामा ठूलो धक्का पुर्याएको छ । डब्लूएचओले लेबनानका एक सय ५३ अस्पतालमध्ये १५ वटा बन्द भएको वा आंशिक रूपमा मात्र सञ्चालनमा रहेको जनाएको छ ।
पूर्वी क्षेत्रका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक हनान बाल्खीले स्वास्थ्य सेवामा हुने आक्रमणबाट स्वास्थ्यकर्मीले ज्यानै गुमाउनुपर्ने र त्योसँगै उनीहरु माथि गरिएको लगानी पनि गुम्ने अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।