भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
भारतको महाराष्ट्र र झारखण्डमा विधान सभा चुनावको मतगणना भइरहेको छ । बिहान साढे ८ बजेपछि मतगणना शुरू भएको हो ।
प्रारम्भिक नतिजाअनुसार महाराष्ट्र र झारखण्ड दुवै विधान सभामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले सुरुआती अग्रता लिएको छ । महाराष्ट्रका दुई सय ८८ मध्ये ७३ सिटको मतगणना चलिरहेको छ । त्यसमध्येका ६२ सिटमा भाजपा नेतृत्वको गठबन्धनले अग्रता लिएको छ । कंग्रेस आई नेतृत्वको गठबन्धनले ७ सिटमा मात्रै अग्रता लिएको छ ।
त्यस्तै झारखण्डको ८१ मध्ये ३१ सिटको मतगणना हुँदा भाजपा नेतृत्वको गठबन्धनले २४ सिटमा अग्रता लिँदा ७ सिटमा झारखण्ड मुक्ति मोर्चा र कंग्रेस आईसहितको गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
महाराष्ट्र विधान सभामा बहुमतका लागि एक सय ४५ सिट र झारखण्ड विधानसभाका लागि ४१ सिट जित्न आवश्यक छ । महाराष्ट्रको दुई सय ८८ विधान सभा सिटका लागि बुधवार एकै चरणमा मतदान भएको थियो भने झारखण्डको ८१ विधानसभा सिटका लागि दुई चरणमा मतदान भएको थियो ।
महाराष्ट्रमा ६५ प्रतिशत र झारखण्डमा झण्डै ६८ प्रतिशत मत खसेको छ । यी दुई राज्यका विधान सभा चुनावबाहेक केरलाको वायनाड र महाराष्ट्रको नांदेड़ लोक सभा सिटका साथै केही राज्यका विधान सभा सिटका लागि उपचुनाव भएको छ ।
केरलाको वायनाड लोक सभा उपचुनावको मतगणना भइरहेको छ । भारतको निर्वाचन आयोगका अनुसार त्यहाँ कंग्रेस आईकी प्रियंका गान्धीले फराकिलो अग्रता लिनुभएको छ । कम्युनिस्ट पार्टी अफ इन्डियाका सथ्यन मोकेरी दोस्रो हुनुहुन्छ ।
प्रियंका कंग्रेस नेता राहुल गान्धीकी बहिनी हुनुहुन्छ । गएको असारमा सम्पन्न लोक सभा चुनावमा राहुल गान्धी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट विजयी हुनुभएको थियो । दुईमध्ये एउटा क्षेत्र छाड्नुपर्ने भएपछि गान्धीले वायनाड छाडेर आफ्नी बहिनीलाई उम्मेदवार बनाउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।