लेबनानको राजधानीमा इजरायलको ठूलो आक्रमण, ४ जनाको ज्यान गयो, २० जनाभन्दा धेरै घाइते

 मंसिर ८, २०८१ शनिबार १५:२०:६ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

लेबनानको राजधानी बेरुतको एक आवासीय भवनमा इजरायलले ठूलो आक्रमण गरेको छ । इजरायली आक्रमणमा चार जनाको ज्यान गएको र २० जनाभन्दा धेरै घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार राजधानीको सघन जनसङ्ख्या भएको बास्ता जिल्लामा पाँच वटा क्षेप्यास्त्र प्रहारबाट आठ तले भवन पूर्णरूपमा ध्वस्त भएको छ ।

पछिल्ला महिनाहरूमा इजरायली आक्रमणमा बेरुतमा हिजबुल्लाह समूहका नेता हसन नसरल्लाहसहित शीर्ष सदस्यहरूको ज्यान गएको छ । इजरायली रक्षा बल (आईडीएफ) ले गएको सेप्टेम्बरमा हिजबुल्लाहविरुद्ध ठूलो आक्रमण शुरू गरेको थियो ।

लेबनानमा युद्धका कारण तीन हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ र एक लाख जनाभन्दा धेरै आफ्नो घर छोड्न बाध्य भएका लेबनानी अधिकारीहरूले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया