च्याम्पियन्स ट्रफी 'हाइब्रिड' माेडलमा आयाेजना हाेला ? आईसीसीले आपत्कालीन बैठक बोलायो

 मंसिर ८, २०८१ शनिबार १५:२६:२७ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

च्याम्पियन्स ट्रफी आयाेजनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आपत्कालीन बैठक बोलाएको छ । आईसीसीले आउँदो मङ्गलवार बोलाएको बैठकमा च्याम्पियन्स ट्रफी २०२५ बारे चर्चा हुने क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।

च्याम्पियन्स ट्रफी पाकिस्तान वा अन्य कुनै देशमा आयोजना गर्नेगरी 'हाइब्रिड मोडल' मा सञ्चालन गर्न सकिन्छ/सकिँदैन भन्ने कुरा बैठकको एजेन्डा रहेको खबरमा उल्लेख छ । प्रतियोगिताको अपेक्षित शुरुआत हुन एक सय दिनभन्दा कम समय बाँकी छ ।

आयोजक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले च्याम्पियन्स ट्रफी आयोजनाका लागि आउँदो फेब्रुअरी १९ देखि मार्च ९ सम्मको समय निर्धारण गरेको छ । यद्दपि आईसीसीले अहिलेसम्म तालिका सार्वजनिक गरेको छैन । प्रतियोगिताका लागि भारत सरकारले भारतीय टोलीलाई पाकिस्तान भ्रमणको अनुमति नदिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईसीसीलाई जानकारी दिएको छ ।

सन् २०२१ नोभेम्बरको प्रतियोगिताको आयोजनाका लागि पाकिस्तानले अधिकार पाएको थियो र पाकिस्तान लाहोर, कराँची र रावलपिन्डीमा प्रतियोगिता आयोजना गर्न दृढ छ ।

गएको वर्ष पनि भारतले एशिया कपका लागि पाकिस्तान जान अस्वीकार गरेपछि पाकिस्तान र श्रीलङ्कामा 'हाइब्रिड' मोडलमा प्रतियोगिता आयोजना गर्नुपरेको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया