निराशाजनक 'कोप–२९' मा नेपालका लागि केही आशा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – गिरफ्तारीबाट बच्नका लागि सेन्ट्रल मेक्सिकोको एउटा सानो शहरमा प्रहरी प्रमुखले आफ्नै ज्यान लिएका छन् ।
भ्रष्टाचार विरोधी छापा मार्ने क्रममा पक्राउ गर्न सेना आएपछि प्रहरी प्रमुखले आफैंलाई गोली प्रहार गरेका सीबीएस न्युजले जनाएको छ । सेनाले छापा मार्ने क्रममा अन्य शीर्ष प्रहरी कमान्डर र अमानाल्को शहरका मेयरलाई पनि पक्राउ गरेको खबरमा उल्लेख छ ।
यो छापालाई सङ्घीय अधिकारीहरूले 'अपरेशन स्वार्म' नाम दिएका छन् । सङ्घीय सार्वजनिक सुरक्षा विभागले पक्राउ परेका सात जना अधिकारी आपराधिक समूहसँग आबद्ध रहेका बताएको छ । उनीहरूलाई जबरजस्ती असुली, अपहरण र हत्याजस्ता अपराधमा अभियोग छन् । यद्यपि उनीहरूविरुद्ध औपचारिक अभियोग दर्ता भएको छ कि छैन भन्ने स्पष्ट नभएको खबरमा उल्लेख छ ।
मेक्सिकोमा आपराधिक गिरोह र लागूऔषध तस्करले लामो समयदेखि स्थानीय अधिकारीहरूलाई आफूहरूका लागि काम गर्न धम्की वा घुस दिँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।