ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ब्राजिलको सङ्घीय प्रहरीले पूर्वराष्ट्रपति जायर बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध अभियोग दर्ता गराएको छ । सत्ता कू गर्ने प्रयास, आपराधिक सङ्गठनमा सहभागिता र अन्य अपराधका लागि पूर्वराष्ट्रपति बोल्सोनारो र उनको समूहका व्यक्तिहरूविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गराएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सन् २०२२ मा भएको चुनावमा लुला डा सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । चुनावमा हारेपछि बोल्सोनारोको आह्वानमा ब्राजिलभर हिंसात्मक प्रदर्शन भएका थिए ।
सङ्घीय प्रहरीका अनुसार प्रतिवादीहरू सङ्गठित अपराध समूहका सदस्यका रूपमा कार्यरत थिए । यस्तै गलत सूचना फैलाउने, चुनावी प्रणालीलाई कमजोर पार्ने, सशस्त्र सेनालाई विद्रोहमा संलग्न हुन उक्साउने र जबरजस्ती कार्यहरू गरेको समेत अभियोग लगाइएको प्रहरीले जनाएको छ ।
अभियोगलाई महान्यायाधिवक्ताको कार्यालयले समीक्षा गरेर थप कानूनी प्रक्रिया अघि बढाउने खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।